समाचार
भरतपुरमा नेटको तार टाँग्ने क्रममा करेन्ट लागेर एक जना घाइते
०

चितवन, फागुन ७-
भरतपुर महानगरपालिका–११ कुमारी चोकमा नेटको तार टाँग्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् ।
मंगलवार दिउँसो विजुलीको पोलमा नेटको तार टाँग्ने क्रममा माडी नगरपालिका–९ बस्ने ३२ वर्षीय विजय सुनार मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको बायाँ हातको औँलाहरुमा चोट लागेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























