चितवन विशेष
चितवनको इच्छाकामनामा मिनि ट्रक पल्टिँदा १९ वटा खसी बोका मरे
०

चितवन, माघ २७-
चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै मिनि ट्रक पल्टिँदा १९ वटा खसी बोका मरेका छन् ।
आज बिहान साढे ६ बजेको समयमा १४३ वटा खसी बोका लोड गरी बर्दियाबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।
मिनि ट्रकमा च्यापिएर १९ वटा खसी बोका मरेका हुन् । ट्रक पल्टिँदा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।
उक्त मिनि ट्रक बर्दिया राजापुर नगरपालिका–३ बस्ने वर्ष २५ को बुद्धिराम थारुले चलाएका थिए ।