Uncategorized

भरतपुर महानगर-२ले दियो विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

Banner

चितवन, माघ २५-

मित्रवत ब्यवहार गरेर पठकपाठन र भविष्यमा सजग बनाउन अभिभाबकलाई बालबालिकाको मनोविज्ञान सिकाइएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर दुईले अभिभाबकलाई आफ्ना बालबालिकाको कसरी ख्याल गर्ने भन्ने तरिकाबारे अभिभाबकलाई अभिमुखिकरण गरेको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर दुईले फरक अभियान चलाएको छ । हो । वडाको शिक्षा समितिले वडाका अभिभाबकलाई बालबालिकाको रेखदेख र शैक्षिक वातावरणको राम्रो बनाउन अभिभाबकलाई बालबालिकाको मनोविज्ञान वारेमा अभिमुखिकरण गरेको छ । वडा भित्र रहेका सामुदायीक , निजि र मण्टेश्वरीका अभिभाबक सहित प्राचार्यलाई एकै थलोमा राखेर तालिम दिइएको थियो ।

विद्यार्थीका लागी अभिभाबकलाई जिम्मेवार बनाउन अभियान गरिएको वडा अध्यक्ष मनोज रानाभाटले बताए । बालबालिको मनोभावना बुझेर सोही अनुसार वातावरण बनाउन वडाले अभिभाबकको लागी कार्यक्रम आयोजना गरेको हो ।

असल अभिभावक बनाउने अभिभावक शिक्षा कार्यक्रम नै चलाएको हो। अहिलेसम्म कुनै स्थानिय तह र वडाले यस्तो कार्यक्रम गरेका छैनन् । वडा शिक्षा समितिले वडाभित्रका करिब ४०० बालबालिकाका अभिभावकलाई जम्मा पारी अभिभावक शिक्षा दिएको हो ।

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले बालबालिकाकोब मनोभावना नबुझ्दा उनीहरुले क्षमता अनुसार प्रगती गर्न नसक्ने भन्दै अभिभावक शिक्षाले सिकाइमा सुधार ल्याउने बताए ।

आचार्य लक्ष्मण भण्डारीले बालबालिकाको मनोविज्ञान सहित जिममेवार अभिभाबक र साथी बन्ने तरिका सिकाएका थिए । आदीकवि भानुभक्त माविका प्रधानाध्यापक रामजीप्रसाद अधिकारीले छोटो अवधिको विद्यालयको समयले मात्रै विद्यार्थीलाई पर्याप्त नहुने कारण अभिभाबकलाई बालबालिकाको साथी बनाउन सके उनीहरुको भविष्य राम्रो हुने बताए । कार्यक्रममा वडा शिक्षा समितिका गोपाल भट्टराईले कार्यक्रमबाट अभिभाबकलाई प्रभावकारी सिकाइ भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>