खेलकुद
नेपालद्वारा थाइल्यान्डसामु ८२ रनको लक्ष्य
०

काठमाडौँ, माघ २५-
काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको मध्यम लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८१ रनको योगफल तयार पारेको हो । कमजोर ब्याटिङ प्रदर्शनमा नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४ र क्याप्टेन इन्दु बर्माले १० रन बनाइन् । सिता राना मगर ७ र डेब्यू गर्ल राजमती ऐरी ११ रनमा नटआउट रहे । अरुले दोहोरो अंक छुन सकेनन् ।
थाइल्यान्डका लागि ओनिचा काम्चोम्फुले ३ विकेट लिइन् ।