खेलकुद
थाइल्याण्डविरूद्ध ब्याटिङ गर्दै नेपाल
०

काठमाडौँ, माघ २५-
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी(२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।
नेपालका लागि राजमती ऐरीले टी(२०आई क्रिकेटमा डेब्यू गर्दै छिन् । राजमती यसअघि एसीसी एसिया कप २०२४ को टोलीमा पनि परेकी थिइन् तर कुनै खेल भने खेलेकी थिइनन् ।