चितवन विशेष

मापसे गरी मोटरसाइकल चलाएर पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते

Banner

चितवन, माघ २५-

भरतपुर–५ पञ्चरत्न फिड उद्योग नजिकै मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाएर पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । मोटरसाइकलमा सवार दुई जना र एक पैदलयात्री घाइते भएका हुन् ।

बिहीवार राति ११ बजेको समयमा कल्याणपुरबाट भरतपुरतर्फ आउँदै गरेको बागमती प्रदेश०६–००२ प ९२५८ नम्बरको मोटरसाइकलले पैदलयात्री ८१ वर्षीय रविलाल सापकोटालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सापकोटाको टाउको र घुँडामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक भरतपुर–२६ बस्ने वर्ष २३ को डासिराम पौडेल र मोटरसाइकल पछाडि सवार सोहि ठाउँ बस्ने वर्ष २६ को हरि चापागाई सामान्य घाइते भएका छन् । पौडेल र चापागाई दुवैले मापसे गरेको पाइएको छ ।

तीनै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>