खेलकुद

आज नेपाल र थाइल्याण्ड भिड्दै

Banner

काठमाडौं, माघ २५-

काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ। जारी सिरिजमा लगातार ५ खेलमा पराजित भएको घरेलु टोली नेपाल सान्त्वना जितको खोजीमा मैदान उत्रिँदैछ। नेपालविरुद्धका अघिल्ला दुवै खेल जितेको थाइल्याण्ड आज पनि जित निकाल्ने लक्ष्यमा हुनेछ।

यसअघि नेपाल थाइल्याण्डसँग पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ५ रनले पराजित भएको थियो। सिरिजमा थाइल्याण्डले ५ खेलबाट ८ अंक जोड्दा अर्को टोली नेदरल्याड्सले ६ खेलबाट समान ८ अंक जोडेको छ।

थाइल्याण्ड नेटरनेरटका आधारमा शीर्ष स्थानमा छ। खेल सकिँदासम्म शीर्ष स्थानमा रहने महिला टोलीले सिरिजको उपाधि जित्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>