समाचार

डेरा गरी बस्नेको हत्या गरेको आरोपमा घरधनी पक्राउ

Banner

काठमाडौं, माघ २५-

पाल्पामा आफ्नो घरमा डेरा गरी बस्नेलाई मारेको आरोपमा एक घरधनी पक्राउ परेका छन्।

जिल्लाको तानसेन नगरपालिका १४ घर भएका ३१ वर्षीय माधव विष्ट आफ्नो घरमा डेरा गरी बस्दै आएका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी मारेको आरोपमा पक्राउ परेका हुन्। बुढाथोकी रिब्दिकोट १ जोगीथुमका हुन्।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी सनिल मल्लका अनुसार विष्ट र बुढाथोकीबीच घरभाडाबारे विवाद भएको थियो। ‘मासिक भाडा पाँचसय रहेछ। त्यो नतिरेको भन्ने कुरा छ। त्यहीँ विवाद हुँदा हत्या भएको रहेछ’, अधिकारी मल्ले भने।

अधिकार मल्लका अनुसार विष्टको दुईकोठे कच्ची घर थियो। घरको एक कोठामा विष्ट आफू बस्थे भने अर्को कोठामा बुढाथोकी बस्थे। ‘दुईजना नै लेबर हुन्,’ उनले भने।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>