चितवन विशेष
मकुना मृत्यु प्रकरणः वन मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानविन समिति
०

चितवन, माघ २४-
चितवन राष्ट्रिय निकुञ्जमा आर्मीको गोली लागेर मुत्यु भएको भनिएको मकुना हात्तीको विषयमा छानविन गर्न समिति बनेको छ ।
वन मन्त्रालयले सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्य छानविन समिति बनाइएको हो । समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिने गणका एक एक जना प्रतिनिधि र एक जना चितवनका पशु चिकित्सक रहेको समिति बनेको निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए । छानविन समितिले मकुना मार्नुको कारण र मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनिकरण तथा सावधानीका विषयमा सुझाव पेस गर्नेछ ।
बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























