चितवन विशेष
चितवनका सबै पालिकामा सुरक्षित आप्रवासन कार्यक्रम लागु

चितवन, माघ २४-
चितवन जिल्लामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम हेल्भेटासका कार्यक्रम सबै पालिकामा लागु भएका छन् । चितवनमा चार वर्षदेखि वैदेशिक रोजगार सम्बन्धी परामर्श तथा उद्वारका क्षेत्रमा काम गर्दै आएको सामी परियोजनाले यसवर्षबाट सबैपालिकामा लागु भएको सामी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडले जानकारी दिए । उनका अनुसार यसवर्ष खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सामीका कार्यक्रम सुरु भएका हुन् । यसअघि भरतपुर महानगरपालिका, माडी नगरपालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम लागु भएको थियो ।
परियोजनाले जिल्ला प्रशासन कार्यालय, स्थानिय तह, वैदेशिक रोजगार विभाग, राजदुतावास, कन्सुलर सेवा, संघ तथा प्रदेश सरकारको समन्वय र सहकार्यमा काम गर्दै आएको छ ।
परियोजना सुरु भएपछि विदेशमा मृत्यु भएका १ सय ५ वटा शव चितवन ल्याउन सफल भरतपुर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले जानकारी दिइन् । यस्तै विदेशमा अलपत्र, बेपत्ता, बन्धक र जेल लगायतमा बसेका व्यक्तिहरुको समेत उद्वार गरिएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका र पूर्ण रुपमा आर्थिक सहायता पाएका परिवारका छोरा छोरीलाई २३ लाख ९२ हजार रुपैयाँ छात्रवृद्धि समेत उपलब्ध गराइएको उनले बताइन् ।
चितवन वैदेशिक रोजगारीमा जाने मध्ये १० नम्बरमा रहेको छ । चितवनबाट गत आर्थिक वर्ष १८ हजार २४८ जनाले श्रम स्वीकृत लिएर थिए । सोही वर्ष नेपालमा ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृत लिएको श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सचिव विरेन्द्र देव भारतीले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै कामदारहरु युएई, साउदी, कतार, मलेसिया, कुवेद, क्रोएसिया लगायतका देशमा गएका छन् । नेपालमा कुल जिडिपि मध्ये २३ प्रतिशत रेमिट्यान्सले धानेको उनले बताए ।
वैदेशिक रोजगारीका क्रममा ठगिने समस्या रहेको छ । विदेश जाँदा सिप सिकेर गएमा राम्रो हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्् । उनले परियोजनाले सुरक्षित वैदेशिक रोजगारीका लागि सक्रिय भएर काम गर्न समेत आग्रह गरेकी छिन् । बिहीबार भरतपुरमा भएको चोथो परिचात्मक कार्यक्रम तथा अन्तर स्थानीय सरकार समन्वय बैठकमा कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, खैरहनी नगरपालिका प्रमुख शशि खानिया, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल लगायत जिल्लाका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।