समाचार
राप्तीमा गैँडाको आक्रमणबाट ३६ वर्षीय युवाको मृत्यु
०

चितवन, माघ २३-
गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ९को च्यातङ्ग्र खोला नजिकै गैँडाले आक्रमण गर्दा सोही स्थानका ३६ वर्षीय राजकुमार बिकको मृत्यु भएको हो ।
चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापामरमन अनुसार बिक घाँस काट्न जंगल गएका थिए । उनको शव भरतपुर अस्पतालमा ल्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























