अन्तर्राष्ट्रिय

अवैध भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अमृतसरमा अवतरण हुँदै

Banner

काठमाडौं, माघ २३-

अमेरिकामा कागजात नभएका भारतीयहरूलाई बोकेर आएको अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको छ ।

ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि त्यहाँ बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलोपटक हो ।

सुरक्षा अधिकारीहरूका अनुसार, उनीहरूले अमेरिकाले डिपोर्ट गरेका व्यक्तिहरूको सूची जाँच गरेका छन् । सूचीमा कुनै अपराधी छैनन् ।

अमृतसर पुग्ने केही मानिसहरूलाई प्रहरीको गाडीमा उनीहरूको गाउँ लगिनेछ । बाँकी राज्यका मानिसहरूलाई विमानबाट पठाइनेछ ।

मिडियालाई विमानस्थलमा प्रवेश गर्न अनुमति दिइएको छैन । तर, विमानस्थलबाहिर डिपोर्ट भएर आउनेहरूसँग कुराकानी गर्न दिइने बताइएको छ । पन्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयहरूलाई देश निकालाको समाचारबारे सोधिएका प्रश्नहरूको विस्तृत जवाफ दिएका छन् । उनले यसलाई धेरै गम्भीर मुद्दा बताए ।

आफ्नो फेसबुक पेजमा पोस्ट गरिएको सन्देशमा उनले लेखेका छन्, “यी २०५ भारतीयहरू अमृतसर विमानस्थलमा अवतरण गर्नेछन्, जहाँ म आफैँ उनीहरूलाई स्वागत गर्न जानेछु ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>