चितवन विशेष

आदिकवि भानुभक्त माविले मनायो ५६औँ वार्षिकोत्सव

Banner

चितवन, माघ २२-

चितवनको भरतपुर महानगरपालिका १ स्थित पोखरा बसपार्कमा रहेको आदिकवि भानुभक्त माध्ययमिक विद्यालयले ५६औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयमा आज (मंगलबार) सांस्कृतिक तथा सम्मान लगायतका कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाईएको हो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीका साथै विद्यलाय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको छ । २०८० को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीसँगै विद्यालयलाई जिल्लाकै तेस्रो स्थानमा विकास गर्न सफल भएको भन्दै शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको हो ।
सामुदायिक विद्यालयहरुको नतिजा खस्किँदै जाँदा भानुभक्त माध्यमिक विद्यालयको नतिजामा सुधार हुँदै जिल्लामै तेस्रो स्थान हासिल गर्न सफल भएपछि विद्यालयको शैक्षिक विकासमा ठूलो योगदान दिएको भन्दै विद्यालयका १६ जना विषयगत शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक डम्बरबहादुर शाहीले जानकारी दिए ।

गतवर्षको एसइई नतिजाअनुसार विद्यालयका प्रधानाध्यापक रामजीप्रसाद अधिकारीलाई आफूले पढाउने विषय (लेखा)मा शतप्रतिशत नतिजा निकाल्न सफल भएको भन्दै सम्मान गरिएको हो ।

एसइईमा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थी श्रेया जोशीलाई ‘अध्यक्ष विद्या पदक’ प्रदान गरिएको विद्यालयले जनाएको छ । उनले नगद पाँच हजार राशिसहित चाँदीको मेडल र दोसल्लासँगै प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै भानु विद्या पदकबाट कक्षा ६ देखि ९ सम्ममा उत्कृष्ट हुन सफल विद्यार्थी अरूणिमा कुमारीलाई भने ‘भानु विद्या पदक’मार्फत् सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक शाहीले जानकारी दिए ।

समग्र विद्यालयको शैक्षिक उन्नतिमा मह¤वपूर्ण योगदान दिएको भन्दै तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भरतपुर महानगरपालिका वडा नं.१ का अध्यक्ष केशव महर्जनसहित सदस्यहरु डिबी परियार र कमला अधिकारीलाई सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक शाहीले जानकारी दिए । विद्यालयका सिभिल इञ्जिनियरिङ कार्यक्रमका संयोजक रामभद्र पण्डित र निरन्तर ३५ वर्षसम्म कर्मचारीका रूपमा काम गरेर योगदान दिएका रामचन्द्र श्रेष्ठलाई बिदाइसँगै बधाई ज्ञापन गरिएको विद्यालयले जनाएको छ । सम्मानित विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुलाई भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सम्मानपत्र प्रदान गरेका थिए । विद्यालयमा यस शैक्षिक सत्रमा एक हजार ४०३ जना विद्यार्थी अध्ययनरत छन् भने ६३ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>