चितवन विशेष

चितवनमा प्रिमियम र स्मार्ट नामीको बिग ह्याच विथ फाइभ स्टार लक्जरीको सार्वजनिक

Banner

चितवन, माघ २१–

नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले वागमती प्रदेशाने चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईसी नामी सार्वजनिक गरेको छ ।

आइतबार आयोजित लन्च कार्यक्रममा उपस्थित चेम्वर अफ कमर्स चितवनका अध्यक्ष सुमन श्रेष्ठ, डोङफेङ चितवन युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रधान पन्त र एमएडब्ल्यू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देलले संयुक्त रूपमा जाती ईसी सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले नामी ईभीले देशभरका ग्राहकहरुबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको बताउँदै खुशी व्यक्त गरे । साथै उनले खरिद निर्णय गर्नु अघि ग्रान्डको विरासत र नेपालमा वितरकको विश्वसनीयता बुझ्नु पर्नेमा जोड दिए । चेम्बर अफ कमर्स चितवनका अध्यक्ष सुमन श्रेष्ठले यो भरपर्दो ब्रान्डको शुभारम्भका लागि बधाई र शुभकामना व्यक्त गरे ।
नामी ईभीले आफ्नो सेगमेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँ मानक स्थापित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>