चितवन विशेष

सांसद गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन

Banner

चितवन, माघ २०-

बागमती प्रदेशसभाका सदस्य गीता गुरुङले पश्चिम चितवनको विकास निर्माणका लागि स्थलगत अनुमगन तथा निरीक्षणमा लाग्नुभएको छ ।

बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, आर्थिक मामिला एवम् योजना मन्त्रीका स्वकिय सचिव अनुप अधिकारी सहित गुरुङ बागमती प्रदेश भित्रका योजनाहरुको स्थलगत अनुगमनमा लाग्नुभएको हो । उहाँले पश्चिम चितवनको विकास र समृद्धिका लागि भएका योजना र आगामी हुनुपर्ने योजनाका विषयमा स्थानिय तहका जनप्रतिनिधि तथा स्थानिय बासिसंग अन्तरक्रिया समेत गरिरहनुभएको छ ।

छलफल तथा भेटघाटका क्रममा स्थानियले बागमती प्रदेशबाट विकास निर्माणमा दिर्घकालिन योजना ल्याउन सुझाव दिएका छन् । सांसद गुरुङको टोलीले हुलाकी मार्गको रूपमा प्रयोग हुँदै आएको घोसरघाट पुल निर्माण, मेघौली विमानस्थल, आन्तरिक पर्यटनको प्रवद्र्धनको लागि खोलिएका होमस्टे र कुमाल र थारु समुदायको संग्रालयको समेत अनुगमन गरेको थियो ।

सो अवसरमा भरतपुर २६ र २७ का सबै राजनीतिक दलका अध्यक्ष, पूर्व वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>