अन्तर्राष्ट्रिय

आज तीन इजरायली बन्धक रिहा हुने

Banner

इजराय, माघ १९-

इजरायल र प्यालेस्टिनी इस्लामी लडाकु समूह (हमास) बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान आज (शनिबार) हुने भएको छ। आज रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

हमासले गाजाबाट रिहा गर्न लागेका तीन इजरायली बन्धकहरू ओफर काल्डेरोन, किथ सिगेल र यार्डन बिबास रहेका छन्। गत जनवरी १९ देखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>