चितवन विशेष

माडीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

Banner

चितवन, माघ १९-

माडी नगरपालिका–२ धुर्वमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

शुक्रवार दिउँसो २ः४५ बजेको समयमा माडी–१ बस्ने ६० वर्षीय भुतही महतोलाई अमलियास्थित जंगलमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट घाइते भएकी महतोलाई सुरुमा उपचारका लागि माडीकै बघौडा अस्पताल लगिएको थियो । उको दुवै खुट्टाको तिघ्रा, कम्मर र छातिमा चोट लागेको थियो ।

थप उपचारको लागि भरतपुर अस्पताल ल्याइएको उपचारको क्रममा शुक्रवार राति १०ः१४ बजे महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>