चितवन विशेष

चितवनमा मापसे गरेका पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल फरार, खोजी कार्य जारी

Banner

चितवन, माघ १७-

भरतपुर महानगरपालिका–३ सहिदचोकमा मादक पदार्थ सेवन (मापसे) गरी हिँडिरहेका एक पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल फरार भएको छ ।

आज बिहान २ः५५ बजेको समयमा पुलचोकबाट चौविसकोठीतर्फ जाँदै गरेको नम्बर नखुलेको बुलेट मोटरसाइकलले भरतपुर–७ बस्ने वर्ष २४ को रन्जित पाठकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट मध्यम घाइते भएका पाठकले मापसे गरेका थिए । घाइते पाठकको घुँडामाथिको हड्डी भाँचिएको प्रहरीले बताएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाइकलको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>