इच्छकामना
शहिद दिवसमा इच्छाकामना गाउँपालिकाले गर्यो शहिद परिवार सम्मान
०

भरतपुर,माघ १६-
शहिद दिवसका अवसरमा इच्छाकामना गाउँपालिकाले शहिदका परिवारलाई सम्मान गरेको छ । बुधबार वडा नम्वर २ को कार्यालय हपनीमा आयोजित कार्यक्रममा शहिद परिवारलाई सम्मान गरिएको हो । शहिद चन्द्र बहादुर गुरुङकी छोरी दिपशिखा गुरुङ, दशरथ चेपाङका छोरा शुक्र बहादुर चेपाङ,सन्त बहादुर चेपाङका वकिल बहादुर चेपाङ,चन्द्र बहादुर चेपाङका छोरा यान बहादुर चेपाङ र जीवन बुढाथोकीका बुवा एन बहादुर बुढाथोकीलाई सम्मान गरिएको हो ।
शहिद परिवारलाई बागमती प्रदेशका बनमन्त्री कृष्ण सिलवाल,गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ,उपाध्यक्ष माया सिलवाल,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले सम्मान गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























