चितवन विशेष
पोलार स्टारले मनायो आफ्नो २८औँ वार्षिकोत्सव

चितवन, माघ १६-
भरतपुर महानगरपालिका–८ स्थित गौरीगञ्जमा रहेको पोलार स्टार सेकेण्डरी स्कुलले २८ औँ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा स्कुलले माघ ९ गतेदेखि १५ गतेसम्म विभिन्न कार्यक्रममा गरि मनाएको हो ।
सो अवसरमा विद्यार्थी बीच विभिन्न खेलकुद प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता, सरसफाई तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ । विद्यालयका अनुसार माघ ९ गते पहिलो दिन विद्यार्थीबीच खेलकुद कार्यक्रम, १३ गते रेडक्रस अन्तगरत महानगर स्कुल स्तरिय हाजिरि जवाफ प्रतियोगिता, १४ गते विद्यार्थीको प्रतिभा प्रदर्शन, सरसफाई तथा पुरस्कार वितरण गरी १५ गते विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
विद्यालयले हालसम्म एसएलसी तथा एसईईमा हजारभन्दा बढी विद्यार्थीलाई उत्तिर्ण गराएको छ । तीन जना विद्यार्थीले ४ जिपिए समेत ल्याएका छन् । आगामी शैक्षिक सत्र २०८२देखि विद्यार्थीको बौद्धिकतालाई ख्याल गरेर मल्टीपल इन्टेरेजनलाई सम्वोधन हुनेगरी विभिन्न कार्यक्रमहरु ल्याउने तयारी रहेको विद्यालयका प्राचार्य दयानिधि अर्याले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्वर–८का वडा अध्यक्ष जिवनाथ कँडेल प्रमुख अतिथी रहनुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र देवकोटाको अध्यक्षमा सम्पन्न भएको थियो ।
























