चितवन विशेष

भरतपुरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालक गम्भीर घाइते

Banner

चितवन, माघ १५-

भरतपुर महानगरपालिका–१४ लाहुरेचोकमा स्कुटर अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।

सोमवार दिउँसो ३ बजेको समयमा शिवनगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बागमती प्रदेश०६–००४ प ५४८७ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

स्कुटर पल्टिँदा स्कुटर चालक भरतपुर–३ आनन्दमार्ग बस्ने वर्ष १७ को आदित्य गुप्ता गम्भीर घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>