मकवानपुर
निजी बनका साल प्रजातिको रुख काट्न पाइने

हेटौंडा, माघ १४–
बागमती प्रदेशको वन तथा वतावरण मन्त्रालयले निजी वनमा रहेका साल प्रजातिको रुख कटान गर्न तुरुन्तै दिने भएको छ ।
वन निर्देशनालयले हेटौडामा आयोजना गरेको २ दिने दोस्रो त्रैमासिक समिक्षा गोष्ठी कार्यक्रममा मन्त्रालयका सचिव डा.केदार बरालले निजी बनको साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार, विक्रि वितरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०८१ तयार गरेर कार्यन्ययनको अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो “मन्त्रालयले अहिले निजी वनको साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार, बिक्रि वितरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०८१ मस्यौदा तयार गरिसकेको अवस्था छ।”
आफ्नो निजी जग्गामा लगाईका सालका रुखहरु आफुँलाई नै आवश्यता पर्दा व्यहोर्न पर्ने कठिनाईलाई मध्यनजर गर्दे यो कार्यविधि ल्याएका छौ । अब चाडैँनै कार्यान्वयन गर्छौ । संघिय सरकारको २०८० साल मंसिर ७ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशन गरेको सूचना १ को ५ (ग) मा दर्ता भएको निजी वनमा लगाइएका वा हुर्काइएका साल प्रजातिको रुख कटान,उपभोग ओसारपसार र विक्रि वितरण गर्न पाउने र यसको प्रदेश सरकारले आवश्यक अनुगमन गर्नुपर्ने व्यवस्था गरेकोले प्रदेश सरकारले त्यसको कार्यान्वयन गर्न लागेको बताएको छ ।
कार्यक्रममा प्रदेशको वन तथा वतावरण मन्त्रालयका मन्त्री कृष्ण प्रसाद सिलवालले कार्यविधिले कुनै व्यक्तिले गैर कानूनी ढंगबाट अन्य निजी वन धनीको जग्गामा रहेको रुख चोरी कटानी तथा निकासी गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने उल्लेख गरिएको बताउनुभयो । यस्तै त्यसको अनुगमन तथा प्रतिवेदन सम्बन्धी व्यवस्थामा डिभिजन वन कार्यालय र स्थानीय तह,वन निर्देशनालय र मन्त्रालयले अनुगमन गर्ने बताउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका निर्देशनालय,वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र १५ वटै डिभिजन वन कार्यालयका प्रमुखहरुले अन्तिम रुप दिएको कार्यविधि तुरुन्तै लागुगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
























