चितवन विशेष

प्रेस सेन्टर चितवनको अध्यक्षमा आचार्य निर्वाचित

Banner

चितवन, माघ १३-

प्रेस सेन्टर नेपाल चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । आज भरतपुरमा भएको बार्षिक साधारणसभा एवम् छैटौँ अधिवेशनले आचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै खुल्ला उपाध्यक्षमा नविनबाबु मरह्ठ्ठा, समावेशी उपाध्यक्षमा दिप्ति बिक, सचिवमा सुरेन कुँवर,खुल्ला सहसचिवमा अनिल भट्टराई, समावेशी सहसचिव हिरालाल गुरूङ र कोषाध्यक्ष सुनिल पराजुली चयन भएका छन् । यसैगरी सदस्यहरुमा कमल राज ढकाल, प्रतिमा भण्डारी, विशाल अम्गार्इ, सुजन खनाल, राजकुमार देउजा र सन्तोष विश्वकर्मा रहेका छन् ।

यस्तै अधिवेशनले प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीको नयाँ नेतृत्व समेत चयन गरेको छ । किसोरचन्द्र सापकोटाको नेतृत्वमा नौ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्ष रविचन्द्र अधिकारी, सचिव आयुष न्यौपाने, कोषाध्यक्ष सुमन सुवेदी रहेका छन् । यस्तै सदस्यमा विवेक पोखरेल, दीपक पोखरेल, सुचना गुरुङ ,अशोक परियार र सुरज परियार सर्वसम्मत चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>