चितवन विशेष

ट्राफिक कार्यालय चितवनको अभियान: ‘एक विद्यालय एक ट्राफिक शिक्षक’

Banner

चितवन, माघ १३-

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने जनाइएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार भरतपुर महानगरका एक सय ९८ विद्यालयका एक/एक जना शिक्षकलाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । बाँकी छ पालिकामा क्रमशः तालिम दिइने उल्लेख गर्दै तालिम पश्चात् शिक्षकलाई आवश्यक अडियो, भिडियो, फोटोलगायत सामग्रीसमेत उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “तालिम लिने सबै शिक्षकले आफ्नो विद्यालयका विद्यार्थी, शिक्षक कर्मचारीलाई ट्राफिक नियमसम्बन्धी तालिम दिने छन् ।” यसबाट सबै विद्यार्थीले ट्राफिक नियमबारे जानकारी पाउनेछन् भने उनीहरूले अभिभावकलाईसमेत यो शिक्षा दिन सक्नेछन् ।

जिल्लामा पाँच सय आठ विद्यालय छन् । साना कक्षाका विद्यार्थी बाहेक एक लाखभन्दा बढीले यो तालिमबाट लाभ लिने प्रमुख प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । ट्राफिक जनचेतनाका बारेमा ज्ञान नहुँदा दिनहुँ दुर्घटना बढेको भन्दै कार्यालयले यो अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>