चितवन विशेष
चितवनमा मोटरसाइकलले रिक्सालाई ठक्कर दिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर
०

चितवन, माघ १३-
चितवनको राप्ती नगरपालिका–५ लक्ष्मीनारायण चोकमा मोटरसाइकलले रिक्सालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मोटरसाइकल चालक र रिक्सा चालक घाइते भएकोमा मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ ।
शनिवार साँझ ६ः४५ बजेको समयमा ना ४ १प ९८२८ नम्बरको मोटरसाइकलले रिक्सालाई ठक्कर दिँदा मोटरसाइकल चाकल राप्ती–११ डुम्रीखाडी बस्ने ३० वर्षीय सागर गोलेको अनुहार र कानमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकलको ठक्करबाट रिक्सा चालक राप्ती नगरपालिका–५ बस्ने वर्ष ५७ को देवलाल गुरुङ मध्यम घाइते भएको प्रहरीले बताएको छ । दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























