चितवन विशेष

स्पन्दन नेपालको आयोजनामा कालिकामा बृहत स्वास्थ्य शिविर

Banner

चितवन, माघ ११- 
चितवनको कालिका नगरपालिका-१ स्थित सुर्यपुरमा बृहत स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको छ । स्पनदन नेपालको आयोजना, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालको सहयोगमा आज सुर्यपुरको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

स्वास्थ्य शिविरमा पाठेघरको मुखको क्यान्सर, आँखा, दाँत तथा बालरोगको परिक्षण गरिएको थियो । वडामा यातायातको सहज पहुँच भएपनि यहाँका बालबालिका तथा अभिभावक स्वास्थ्य उपचारबाट बञ्चित रहेकाले स्वास्थ्य शिविरको आयोजना गरिएको स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीको अभिभावकको पाठेघरको मुखको क्यान्सर र स्तन क्यानसरको परिक्षण गरिएको थियो । शो क्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आँखा, दाँत तथा बालरोगको परिक्षण गरेर औषधी वितरण समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा १ नम्बर वडाका वडाध्यक्ष सन्तवीर स्याङदानले स्पनदन नेपालले आयोजना गरेको स्वास्थ्य शिविरबाट यहाँका स्थानीयले स्वास्थ्य लाभ लिन सक्ने भन्दै विद्यार्थी र अभिभावकलाई लक्षित गरेर विद्यालयमा शिविर कार्यक्रम राखेकोमा संस्थालाई धन्यवाद दिनुभयो ।

यस क्षेत्रमा जनजाती तथा गरिब बस्तीको बसोबास भएकोले आजको स्वास्थ्य शिविरले यहाँका स्थानीय र यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निकै टेवा पुगेको विद्यालय व्यवस्थापन संकायका अध्यक्ष सोमबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा सञ्चालन भएको विभिन्न रोगको परिक्षणले अभिभावक तथा विद्यार्थीलाई अस्पताल जाने समस्या पनि हटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>