चितवन विशेष

शरतपुर माविले स्वर्ण महोत्सव मनाउने

Banner

चितवन, माघ ११-

चितवनको भरतपुर महानगरपालिका-८ स्थित शरतपुर माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही माघ २७ देखि फागुन १ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउन लागेको हो ।

स्वर्ण महोत्सव अवसरमा विद्यालयले अन्तर आमा समुह हाजिरीजवाफ, अन्तर विद्यालय हाजिरीजवाफ, भलिवल प्रतियोगिता, विद्यालयका अतिरिक्त क्रियाकलाप र विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, माघ २७ गते जातिगत भेषभूषा सहित शोभायात्रा निकालिने छ । साथै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका आर्थिक सहयोग समेत संकलन गरिने उहाँले बताउनुभयो । विद्यालयको नामा एउटा अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट आउने रकमले तहगत रुपमा नपुग शिक्षकहरुलाई थप गरी आइसिटीको माध्यमबाट गुणात्मक शिक्षा प्रदान गर्ने विद्यालयले लक्ष्य राखेको छ ।

शिक्षा सहयोग समितिले २०३१ सालमा विद्यालय खोल्ने निर्णय गरी औपचारिक रुपमा पठनपाठन सुरु गरेको थियो । २०४० सालमा निम्न माध्यमिक तहसम्म कक्षा सञ्चालन भएको यस विद्यालयमा २०४६ सालमा माध्यमिक तहसम्म कक्षा सञ्चालन भएको थियो । त्यसको करिव दुई दशक २०६५ सालमा उच्च माध्यमिक तहको कक्षासँगै २०७५ सालबाट प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट सम्बन्धन लिई ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ र जियोम्याट्रिक्स इन्जिनियरिङको पठनपाठन हुँदै आएको छ ।

अहिले विद्यालयमा ७ सय ५० जना विद्यार्थी रहेको छन् । यस विद्यालयबाट हालसम्म १ हजार ८३५ जना विद्यार्थीले एसएलसी र एसईई उत्तीर्ण गरेका छन् भने ४ सय ६ जना विद्यार्थीले १२ उत्तीर्ण गरेको प्राधानाध्यापक सापकोटाले जानकारी दिनुभयो । विद्यालयले स्वर्ण महोत्सवका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कंडेलको अध्यक्षतामा १ हजार १ सदस्यीय स्वर्ण महोत्सव मूल समारोह समिति गठन गरिएको छ । महोत्सव समपन्न गर्न १६ वटा उपसमितिहरु गठन गरिएको छ । त्यसैगरी उपसमितिका संयोजक सहित २१ सदस्य सचिवायल समिति गठन गरिएको विद्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>