आगलागी/क्षति
ललितपुर गोदावरीको जंगलको आगलागी नियन्त्रणमा
०

काठमाडौं, माघ ११-
ललितपुरको गोदावरीस्थित जंगलको आगलागी नियन्त्रणमा आएको छ।
शुक्रबार बिहान साढे ५ बजेदेखि गोदावरी नगरपालिका(२ गोदामचौरस्थित विशंखुनारायण मन्दिर नजिकको जंगलमा आगो लागेको हो।
डढेलो लागेपछि बिहानैदेखि प्रहरी र स्थानीयहरूले निभाउने प्रयास गरेका थिए।
प्रहरी प्रभाग बाँडेगाउँबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। ९ बजेतिर उक्त आगलागी नियन्त्रणमा आएको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ। आगलागीबाट मानवीय क्षति नभएको डिएसपी चित्रबहादुर भट्टराईले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>
























