देश/प्रदेश

त्रिशूली–३ ‘बी’ को भवनका भग्नावशेष र मुख्य भाग अझै फेला परेन

Banner

काठमाडौं, भदौ २१-

भदौ १० गतेको भोटेकोसी बाढीले पुरिएको त्रिशूली–३ ‘बी’मा उद्धार कार्य १२औँ दिनमा पनि जारी छ । पछिल्लो अपडेटअनुसार उत्खनन तथा उद्धार कार्य हाल तीनवटा मिनी एक्स्काभेटर प्रयोग गरी भइरहेको छ । साथै, तीनवटा ठूला एक्स्काभेटर परिचालन गर्न सुरुङ खाली गर्ने तथा पहुँच तयार गर्ने कार्य पनि जारी रहेको छ ।

विभिन्न चुनौतीहरूका बाबजुद सम्बन्धित विभिन्न निकायहरूसँग आवश्यक समन्वय गरी जेसीबी ब्रेकरलगायत उपलब्ध आवश्यक उपकरणहरूको प्रयोगमार्फत उद्धार तथा उत्खनन कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ । हालसम्म भवनका भग्नावशेषका मुख्य भागहरू फेला पर्न सकेका छैन । हाल उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>