देश/प्रदेश

गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता

Banner

काठमाडौं, भदौ २१-

नेपाली कांग्रेसका सभापति गगन थापा र पार्टी नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आइतबार दिउँसो दुई नेताबीचको भेटघाटमा कांग्रेसभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो ।

त्यसक्रममा डा। कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताए । यसनिम्ति जे जति त्याग गर्न पनि आफू तयार रहेको उनले स्पष्ट पारेका डा। कोइरालाको सचिवालयले जनाएको छ ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए । भोटेकोसी नदीमा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि उनीहरूबीच छलफल भएको डा कोइरालाको सचिवालयले जनाएको छ । शनिबार सभापति थापाले पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>