राजनीति

वामदेव एमाले फर्किने अन्तिम तयारीमा

Banner

काठमाडौँ,माघ ६-

नेकपा एकता अभियानका संयोजक वामदेव गौतम एमाले फर्किने अन्तिम तयारीमा लागेका छन्। एकीकृत समाजवादीमा जान सबै कुरा मिलिसकेको बताएका गौतमले एमालेको केन्द्रीय कमिटि बैठकले पार्टीमा फर्किन आह्वान गरेसँगै एमालेमै लाग्ने तयारी अघि बढाएका हुन्।

गौतमले पार्टीमा फर्किन शुक्रबार अध्यक्ष ओलीसँग भेटेर कुराकानी गरेका थिए। उनको आइतबार पनि ओलीसँग थप कुराकानी भएको छ। ओलीले गौतमलाई छिट्टै पार्टी प्रवेश गराउने गरी कार्यक्रम राख्ने आश्वासन दिएको उनी निकट एक नेताले जानकारी दिए। उनी तीन वर्षअघि ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै उपाध्यक्षबाट राजीनामा दिएर पार्टीबाट बाहिरिएका थिए।

यस्तै गौतम निशर्त एमालेमा फर्किन लागेपछि नेकपा एकता राष्ट्रिय अभियान भने विभाजन भएको छ। एकता अभियानका बहुमत केन्द्रीय सदस्यले गौतमको साथ छाडेका हुन्। आइतबार उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्यले गौतमबाट अलगिएको घोषणा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत् गरेका हुन्।

अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इन्चार्ज हुन्। त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरेका छन्। उनीहरु माओवादी केन्द्रमा मिसिने तयारीमा लागेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>