राजनीति

सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छः मुख्यमन्त्री सिंह

Banner

महेन्द्रनगर, माघ ५-

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेशी सहिद प्रतिष्ठानले सातौँ बलिदानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उहाँले सङ्घीयतासहितको संविधान मधेश आन्दोलनकै उपज भएको भन्दै यसलाई सुदृढीकरण गर्न थप सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले सङ्घीयतापछि प्रदेश सरकार पाए पनि प्रहरी प्रशासन व्यवस्थापन र ठूल विकास आयोजनालगायत काम गर्न सङ्घकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भइरहेको गुनासो गर्नुभएको छ । “प्रदेशमा मुख्यमन्त्री, मन्त्री र अन्य अङ्गहरू क्रियाशील छन् तर हातखुट्टा बाँधेर काम गर भनेजस्तो अव्सथा छ । यसैकारण धेरै काम गर्न सकिएको छैन । यो अवस्था अन्त्य गर्न जरूरी छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री सिंहले व्यवस्था परिवर्तनका लागि ज्यानको आहुति दिने सहिदको सम्मानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको कार्यक्रममा सहिद परिवारका सदस्य तथा जिउँदा सहिदहरूलाई सम्मान गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>