चितवन विशेष

चिसो बढेपछि कालिकामा पाँच दिन विद्यालय बन्द

Banner

चितवन, पुस २४-
कालिका नगरपालिकाले अत्यधिक चिसो बढेसँगै आजदेखि पाँच दिन नगरपालिकाभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । केही दिनयता बढेको चिसोका कारण कालिकाले विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरप्रमुख  विनोद रेग्मीले  पुस २५ गतेदेखि माघ २ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको जानकारी दिए । ‘घाम लागेपछि खोल्ने गरी पाँच दिन स्कुल बन्द गर्ने निर्णय गरेका छौँ’,-नगरप्रमुख रेग्मीले भने । ’

बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै बिदा दिइएको बताए । विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न अनुरोध गरेको बताए

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>