अन्तर्राष्ट्रिय

भारतमा शीतलहरको कहर

Banner

भारत, पुस २४-

उत्तरी भारतमा शीतलहरको प्रभावले गर्दा जनजीवन प्रभावित भएको छ। उत्तर प्रदेशमा ७२ घण्टामा २९ जनाको मृत्यु भएको दैनिक भास्करले जानकारी दिएको छ। उत्तर प्रदेशमा गएको २४ घण्टामा चार जनाको मृत्यु भएको छ।

राज्यका १६ जिल्लामा सतर्कता अपनाइएको छ। २ दिनपछि धेरै जिल्लामा वर्षा र असिना पानी पर्ने सम्भावना छ। जम्मु-कश्मीर र हिमाचल प्रदेशमा हिमपातका कारण पूरै उत्तर भारतमा चिसो बढेको छ।

बुधबार मौसम विभागले मध्य प्रदेश, उत्तर प्रदेश, राजस्थानलगायत ९ राज्यमा शीतलहरको चेतावनी जारी गरेको छ। भारतका १७ राज्यमा बाक्लो हुस्सु देखिएको छ। बुधबार बिहान शीतलहरका कारण धेरै उडान र रेलहरू ढिला भएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>