भिडियो
चर्चित गायक हेमन्त शर्मा र अस्मिता अधिकारीको स्वरमा ‘मायामा के राम्रो’ सार्वजनिक

नवीन पौडेल
नवलपरासी, भदौ २४-
नेपाली साङ्गीतिक क्षेत्रका बहुचर्चित गायक तथा सर्जक हेमन्त शर्माको नयाँ गीत ‘मायामा के राम्रो , त्यता चोट लाग्दा यता दिल दुख्ने यही जोडी हो राम्रो ’ बजारमा सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र शर्माले स्वर दिएका थिए । रमाइलाे र मायालु शब्द समावेश गरिएको यस गीतमा मायामा रहेका सुन्दर जोडीको परिकल्पना गरिएको छ । कृष्ण बिकेले संगित संयोजन गरेको गित प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियोमा चर्चित कोरियोग्राफर सुनिल क्षेत्री र करिस्मा केसीको अभिनय रहेको छ । ग्रामीण भेगका सुन्दर स्थानमा पवन सुस्लिङले खिचेको म्युजिक भिडियो सुनिल क्षेत्री आफैले निर्देशन गरेका छन् । हेमन्त शर्माले आफ्नै युट्युब च्यानल बाट बुधबार मध्यान्ह गीत सार्वजनिक गरेका हुन् ।
विगत साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली सुगम तथा आधुनिक गायन क्षेत्रमा निरन्तर सक्रिय शर्मा नेपाली सुगम सङ्गीतका स्थापित नाम हो । । ‘जाले रुमाल’, ‘ नाइ नाइ बाबा ’, ‘ गिदी नखाउ’ लगायत दर्जनौँ गीत गायका छन् ।

























