चितवन विशेष

दुग्ध किसानलाई बिमासम्बन्धी पुनर्ताजकीकरण तालिम प्रदान

Banner

चितवन, पुस २३–

चितवनका दुग्ध किसानलाई बिमा सम्बन्धी पुनर्ताजकीकरण प्रदान गरिएको छ । क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले आज जिल्ला सहकारी संघ चितवनको कार्यालयमा जिल्लाका दुई दर्जन दुग्ध किसानहरुलाई तालिम प्रदान गरेको हो ।

साना किसान र दुग्ध सहकारी संस्थाका शेयर सदस्य, ऋणी तथा कर्मचारीमा सौलियत दरमा बिमा गर्न लागिएको संस्थाका इन्चार्ज रामकुमार अधिकारीले बताउनुभयो । प्रतिवर्ष प्रतिहजार बीमाङ्क बराबर २ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । ५ बर्षसम्म बिमा गर्न पाइने यस बिमाको अधिकतम रकम पाँच लाख रुपैयाँ रहेको उहाँले बताउनुभयो ।

१६ वर्षदेखि ६९ बर्ष उमेर समुहका शेयर सदस्य, ऋणी तथा कर्मचारीले बिमा गर्न पाउनेछन् । बिमा पछि दुर्घटनाका कारण मृत्यु भएमा २ सय प्रतिशत, काजक्रिया खर्च २५ हजार, दुर्घटनाका कारण असक्त भएमा बीमाङ्क रहेको सय प्रतिशत रकम किसानले प्राप्त गर्नेछन् । बिमा कम्पनीले यस रकम बिमित व्यक्तिको खातामा नभई सहकारी संस्थाको खातामा पठाउने व्यवस्था गरेको अधिकारीले जानकारी दिनुभयो ।
चितवन जिल्ला दुग्ध सहकारी संस्थाका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>