चितवन विशेष

नेपाल लोकतान्त्रिक यातायात व्यवसायीको तेस्रो अधिवेशन भोलीदेखि गैँडाकोटमा हुँदै

Banner

चितवन, पुस २३-

एमाले निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेस्रो अधिवेशन भोलि (बुधबार) गैँडाकोटमा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी समेत सकिएको आज (मगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

अधिवेशनका लागि देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको अध्यक्ष श्रीप्रसाद मैनालीले जानकारी दिनुभयो । राष्ट्रिय अधिवेशनमा  ४ सय प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनको बन्द सत्रमा यातायात व्यवसायीका साझा समस्या बारे छलफल हुने अध्यक्ष मैनालीले जानकारी दिनुभयो । अधिवेशनमा उठेका व्यवसायीको समस्यालाई समाधान गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुसंग पहल गरिने उहाँले बताउनुभयो ।

यस अधिवेशनले तीन वर्षका लागि १७ पदाधिकारी सहितको ७३ सदस्य नयाँ कार्यसमिति समेत चयन गर्नेछ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनमा देशभर १० हजार व्यवसायी आवद्ध रहेका छन् । पछिल्लो समयमा यातायात व्यवसायी घाटामा गएको संगठनको दाबी छ । अहिले सरकारले बढाएको सार्वजनिक यातायात सवारीको भाडा दरसमेत बैज्ञानिक नभएको व्यवसायी टेकनाथ गौतमले बताउनुभयो ।

‘अहिले पेट्रोलको मुल्यलाई मात्र हेरेर भाडा दर कायम गरिएको छ । अन्य क्षेत्रको मुल्यांकन भएको छैन । अहिलेको भाडाले व्यवसायीको लगानी समेत उठ्ने अवस्था छैन,’– उहाँले भन्नुभयो । सवारी दुर्घटना बिमामा समेत समस्या रहेको उहाँले बताउनुभयो । गैँडाकोटको श्रीराम पाटी प्यालेसमा पुस २५ गतेसम्म सञ्चालन हुने अविवेशनको उद्घाटन भोली एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गर्नुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>