अपराध
त्रिभुवन विमानस्थलबाट ६१ ग्राम सुनसहित चितवनका सञ्जय तामाङ पक्राउ
०

चितवन, पुस २३-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर लैजान खोजिएको ६१ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-१२ का २५ वर्षीय सञ्जय तामाङ छन् ।
प्रहरीका अनुसार, एयर इन्डियाको उडानबाट दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट सुनसहित पक्राउ गरिएको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























