भूकम्प

भूकम्पः क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीबाट २ हजार ५०० जनशक्ति परिचालित

Banner

काठमाडौं, पुस २३-

आज बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीले करिब २ हजार ५०० जनालाई परिचालन गरेको जनाएको छ । कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका युनिटहरुबाट करिब २ हजार ५ सय जना परिचालन गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको हो ।

प्रहरीका अनुसार हालसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन ।

भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फाल्दा काठमाडौंको स्युचाटारमा एक जना व्यक्ति घाइते भएका छन् । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका ११ जना विद्यार्थी बेहोस भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन, रामेछापमा एउटा गोठ तथा ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>