अन्तर्राष्ट्रिय

अमेरिकामा भीषण हिमआँधीपछि आपत्‌काल घोषणा

Banner

अमेरिका, पुस २२-

अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्‌काल घोषणा गरिएको छ । बीबीसीका अनुसार केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरीलगायत धेरै राज्यले आपत्‌काल घोषणा गरेका छन्।

भारी हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ। हिमपातबाट अमेरिकाका दुई राज्य कन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित छन्। त्यहाँ आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ जमेको छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>