चितवन विशेष

भरतपुरमा आगो ताप्ने क्रममा आगोले पोलेर एक बृद्ध घाइते

Banner

चितवन, पुस २२-

भरतपुर महानगरपालिका–१० स्वस्तिक टोलमा आइतवार बेलुका ५ बजे आगो ताप्ने क्रममा आगोले पोलेर एक बृद्ध घाइते भएका छन् ।

स्थानीय ८१ वर्षीय तीर्थराज पौडेल आफ्नै घरको छतमा आगो तापिरहेको अवस्थामा आगोले एक्कासी पोल्दा शरिरको विभिन्न भागमा ५५ प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पौडेललाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा थप उपचारको लागि आइतवार साँझ ७ः१५ बजे काठमाडौँको कृतिपुर अस्पताल रिफर गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>