Uncategorized

श्रद्धाञ्जली अर्पण गर्दै गायक परियारले लेखेः कुनै बालबालिकाले सचिनको नियति भोग्न नपरोस्

Banner

काठमाडौँ, पुस १८-

गायक शिव परियारले बाल गायक सचिन परियारको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जाल मार्फत गायक शिव परियारले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

गायक शिव परियारले लेखेका छन्, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तो नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछु ।’

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारण आज बिहान सचिनको निधान भएको हो । अस्पताल स्रोतका अनुसार उनी करिब ४ देखि ५ दिन अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए । ‘सिभियर निमोनिया’ का कारणले ‘पल्मोनरी ह्यामेरेज’ हुँदा उनको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>