अन्तर्राष्ट्रिय

अमेरिकी इतिहासकै सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद

Banner

अमेरिका, पुस १७-

अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले भर्जिनियाको एक फार्मबाट १५० वटा बम बरामद गरेको छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको घटना हो ।

आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी एफबीआईले प्राप्त गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको एक झोलामा ‘नो लाइभ्स म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधको सन्दर्भमा प्रयोग गरिन्छ ।

ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

बीबीसीबाट ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>