अपराध
स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र प्रिन्टर चोरी
०
काठमाडौं, पुस १७-
कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ ।
उक्त स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको छ । कम्प्युटर र प्रिन्टर गरी करिब एक लाख २५ हजार रुपैयाँ बराबरका सामान सोमबार राति चोरी भएका हुन् ।
स्वास्थ्य चौकीकै कम्प्युटर र प्रिन्टर चोरीको उजुरी अहिले प्रहरी वृत्त कीर्तिपुरमा परेका छन् । स्वास्थ्य चौकीबाट सामान चोरी भएको भन्दै उजुरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>