चितवन विशेष

रत्ननगरमा मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना, एकको अवस्था गम्भीर

Banner

चितवन, पुस १६-

चितवनको रत्ननगर नगरपालिका–१० त्रिनेत्र पेट्रोल पम्प अगाडि मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल चालक र पछाडि सवार गरी दुवै जनाले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

सोमवार बेलुका ७ बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९३ प ९३७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ बस्ने वर्ष ३१ को प्रताप लामा र पछाडि सवार सोहि ठाउँ बस्ने ३२ वर्षीय राजकुमार घलान घाइते भएका हुन् । दुवै जनाको चितवन मेडिलक कलेज भरतपुरमा उपचार भइरहेको छ ।

लामाको अवस्था मध्यम र घलानको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । लामाको घाँटीमा र घलानको शरिरको विभिन्न भागमा चोट लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>