घटना -दुर्घटना
मनहरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
०

मकवानपुर, पुस १५-
मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका–५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो ।
घर नजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म घर नआएको हुँदा आफन्तले खोजी गर्दै जाने क्रममा आफ्नो घरबाट करिब ५०० मिटर पूर्वमा उनको शव फेला परेको थियो ।
शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनलाई बाघले आक्रमण गरि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























