चितवन विशेष
सौराहाका हात्तीको स्वास्थ्य परीक्षण
चितवन, पुस १४-
सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पर्यटन बोर्ड र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सहकार्यमा सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका निजी स्तरका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
स्वास्थ्य शिविरमा सौराहाका ४५ वटा हात्तीको स्वास्थ्य परीक्षण गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा.अमिर सडौलाले जानकारी दिए । परीक्षणका क्रममा सबै हात्तीमा संवेदनशिल रोग देखा नपरेको उनले बताए । घरमा पालिका हात्तीमा प्राय क्षयरोग देखिने गर्दछ । तर, एक वर्षयता कुनैपनि हात्तीमा क्षयरोग नदेखिएको उनले बताए ।
डा.सडौलाले सौराहाको सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको भन्दै यहाँका हात्तीहरुको परीक्षण गरी उपचार गरिएको बताए । हात्तीको नियमित परीक्षण गर्नुपर्ने उनको भनाई छ ।