घटना -दुर्घटना

सडकमाथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु

Banner

धनगढी, पुस १४-

मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउपालिका–९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयंसेविका पच्चकला जोशीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भण्डारीका अनुसार शनिबार दिउँसोको घटना हो। वर्षाका कारण कच्ची सडकको माथिबाट ढुङ्गा खसेको अनुमान गरिएको छ।

मृतक मालुमेलाबाट दिउँसो आफ्नो घर आमवगर जादै गरेकी थिइन्। घटनास्थल मालुमेलाको विद्यालयभन्दा करिव ५/७ मिनेटको पैदल दुरीमा पर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>