अन्तर्राष्ट्रिय

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

Banner

काठमाडौं, पुस १३

श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल भ्रमणमा आएका छन्। उनी निजी भ्रमणका लागि नेपाल आएका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए। आज बिहान ११ः५५ बजे काठमाडौ अवतरण गरेका पूर्व राष्ट्रपति विक्रमासिङ्घे आजै अपराह्न लुम्बिनीका लागि प्रस्थान गरेका छन्।

मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा सामान्य शिष्टाचार र सुरक्षाको प्रबन्ध गरेको छ। अन्य भेटघाट र भ्रमण उनले आफ्नै हिसाबले गर्ने जनाइएको छ।

पूर्व राष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमण सम्पन्न गरी उनी यही पुस १७ गते स्वदेश फर्कनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>