अन्तर्राष्ट्रिय

चीनमा ३५ जनाको हत्या गर्नेलाई मृत्युदण्ड

Banner

बेइजिङ, पुस १३–

चीनमा कारले ३५ जनाको हत्या गर्ने व्यक्तिलाई डेढ महिनाभित्र मृत्युदण्ड दिइएको छ । गत महिना दक्षिणी चीनको झुहाई सहरमा कार हमलामा ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नोभेम्बर ११ मा ६२ वर्षीय फ्यान वेइकिउले खेलकुद परिसर बाहिर कसरत गरिरहेका मानिसहरूको बीचमा जानाजानी आफ्नो सानो एसयूभी चलाएको थियो, जहाँ ३५ जनाको मृत्यु भएको थियो ।

जुन सन् २०१४ पछि चीनमा भएको सबैभन्दा भयंकर नराम्रो नरसंहार तथा आक्रमणको रूपमा हेरिएको थियो । घटनास्थलमा चक्कु प्रहार गरी घाइते भएका उनलाई हिरासतमा लिएर गएको प्रहरीले त्यतिबेला जनाएको थियो ।

तर, उनको मुद्दा शुक्रबार सार्वजनिक रूपमा चलाइएको थियो र सोही दिन फैसला घोषणा गरिएको थियो । वेइकिउले केही पीडितका परिवार, सरकारी अधिकारी र जनताका अगाडि आफ्नो अपराध स्वीकार गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>